सारा अलीलाई समर्थकले नै चुम्बन गर्न खोजेपछि!

यस्तै एउटा घटना भर्खरै भएको छ। उनीसँग फोटो खिच्न आएका एक समर्थकले साराको हाथलाई चुम्बन गर्न खोजेका थिए।

एजेन्सी

मुम्बई

युवा अभिनेत्री सारा अली खानको चर्चा यति बेला चुलिएको छ। उनी पापराजीका लागि आकर्षणको विषय हुन्। सारा सधै अरुलाई नमस्ते गर्दै अभिवादन गरेको देखिन्छिन्। उनले आफूसँग फोटो खिच्ने समर्थकलाई कहिल्यै निरास पारेकी छैनन्। 

यस्तै एउटा घटना भर्खरै भएको छ। उनीसँग फोटो खिच्न आएका एक समर्थकले साराको हाथलाई चुम्बन गर्न खोजेका थिए। समर्थकले पहिले उनलाई नयाँ फिल्मको लागि बधाई दिए। यसपछि हाथ बढाउँदै चुम्बन गर्न खोजेका थिए। 

तर, समस्या आउनु अगाडि नै साराका बडिगार्डले हस्तक्षेप गरेका थिए। यसपछि सारा पनि गाडीमा बसेकी थिइन। सारा भर्खरै आमा अमृता सिंह र भाई इब्राहिम अली खानसँग माल्दिभ्समा छुट्टि मनाएर फर्किएकी हुन्। उनले विदेशमा हुँदा अपलोड गरेको फोटो र भिडियो प्रशंसकले मन पराएका थिए। उनी डेभिड धवनको अघिल्लो फिल्म कुली नम्बर–१ को रिमिकमा देखा पर्दैछिन्। यसमा वरुण धवन मुख्य भूमिकामा छन्। 

यस बाहेक पनि उनी इम्तियाज अलीको आज कलमा पनि अभिनय गर्दैछिन्। यो फिल्ममा उनी पूर्व प्रेमी कार्तिक आर्यनसँग देखा पर्नेछिन्। 
 

प्रकाशित मिति: : 2020-01-10 08:28:17

प्रतिकृया दिनुहोस्