बिगबास लिग: मेलवर्न स्टार्सले पायाे १६९ रनकाे लक्ष्य, लामिछानेले लिए २ विकेट

बिएल संवाददाता

काठमाडाै‌ं

बिगबास लिग अन्तर्गत मेलवर्न स्टार्सले १६९ रनकाे लक्ष्य पाएको छ। रेनेगेडसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६८ रन बनाएको हो।

रेनेगेडसका लागि शन मार्शले सर्वाधिक ६३ रन बनाए भने मार्कस हरिसले ४२ रन बनाए। त्यस्तै बेउ वेबस्टरले २५ रन बनाए भने डेनियल क्रिस्टियनले १२ र टम कूपरले १२ रन बनाए।

मेलवर्नका लागि नाथन कुल्टनर नीलले पनि २ विकेट लिए। यता सन्दीप लामिछानेले पनि २ विकेट लिए। सन्दीपले शन मार्श र बेउ वेबस्टरको विकेट लिए।

त्यस्तै मेलवर्न स्टार्सका लागि हरिस राउफले एक विकेट लिए। 

जारी लिगमा मेलवर्न स्टार्स ७ खेलमा १२ अंकसहित शिर्ष स्थानमा छ भने रेनेगेडसले भने अहिलेसम्म खेलेका सातै खेलमा हार बेहोरेको छ।

          

प्रकाशित मिति: : 2020-01-11 04:20:12

प्रतिकृया दिनुहोस्