पूर्वअम्पायर टफेलको आँखामा यी हुन्, विश्वका तीन खतरनाक ब्याट्सम्यान

उनले हालै तीन यस्ता खेलाडीलाई विश्वकै खतरनाक ब्याट्सम्यान बताएका छन्, जसले टेस्ट क्रिकेटमा तेहरो सतक बनाएका थिए। 

अस्ट्रेलियाका साइमन टफेल क्रिकेट इतिहासका अनुभवी अम्पायरको सूचिमा समावेश छन्। उनको छवी निकै राम्रो छ। सन् २००० देखि उनले अम्पायरिङ गरेका थिए। ४८ वर्षका टफेलले २०१२ मा सन्यास लिएका थिए। 

उनले हालै तीन यस्ता खेलाडीलाई विश्वकै खतरनाक ब्याट्सम्यान बताएका छन्, जसले टेस्ट क्रिकेटमा तेहरो सतक बनाएका थिए। 

सन् १९९९ मा एकदिवसीय र २००० मा टेस्टमा डेब्यु गरेको टफेललाई उत्कृष्ट अम्पायरिङका ललागि अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले सम्मानित पनि गरिसकेको छ। २००४ देखि २००८ सम्म उनी पाँच पल्ट आइसिसीको उत्कृष्ट अम्पायरबाट सम्मानित भएका थिए। 

उनले ७४ टेस्ट र १ सय ७४एकदिवसीय तथा ३४ टि–२० मा अम्पायरिङ गरेका छन्। उनी अहिले लेखकको भूमिकामा छन्। उनले ‘फाइन्डिङ द ग्याप्स’ नामक किताब लेखेका छन्। 

उनले वेष्ट इन्डिजका प्रारम्भिक ब्याट्सम्यान क्रिस गेल, भारतका पूर्व बिस्फोटक ब्याट्सम्यान वीरेन्द्र सहवाग र अस्ट्रेलियाबाट क्रिकेट खेलिरहेका डेभिड वार्नरलाई विश्व कै खतरनाक ब्याट्सम्यानको उपमा दिएका छन्। उनले यी तीनै ब्याट्सम्यान जबरदस्त सर्ट खेल्न माहिर रहेको र कुनै बेला अम्पायर पनि उनीहरूको आक्रमक रवैयाका कारण डरमा रहने बताए। 

टफेलले इएसपीएन क्रिकइन्फोलाई दिएको अन्तर्वार्तामा अस्ट्रेलियाका पूर्व कप्तान मार्क वाँ र भारतका राहुल द्रविणको अनुशाषनबाट आफू प्रभावित भएको बताए। 
 

प्रकाशित मिति: : 2020-01-11 11:56:58

प्रतिकृया दिनुहोस्