अम्बिकादेवी वन समूहद्वारा नियमविपरीत रुख कटान

पुनम बि.सी.

सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा एक किलोमिटरभन्दा बढी भूभागमा रहेका रुख मनोमानी ढङ्गले काटिएका छन्। पुस ११ गतेदेखि २६ गतेसम्ममा साल, साज, मसलालगायतका ठूला रुखहरू कटान भएका हुन्।

वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले मनोमानी रूपमा उक्त वन क्षेत्रमा पर्ने लगभग १५० वटा रुख काटेको छ। उपभोक्तालाई काठ, दाउरा उपलब्ध गराउने बहानामा उपभोक्ता समूहले मनोमानी ढंगले सामुदायिक वन क्षेत्रसँग जोडिने सडक किनाराका रुखहरू काटेको हो।

प्रकाशित मिति: : 2020-01-13 23:57:46

प्रतिकृया दिनुहोस्