भारतलाई १० विकेटले हराउँदै अष्ट्रेलियाको कीर्तिमानी जित

अष्ट्रेलिया २५८/० (वार्नर १२८*, फिन्च ११०*) विरूद्ध भारत २५५ (धवन ७४, राहुल ४७, स्टार्क ३-५६, रिचड्सन २-४३, कमिन्स २-४४) १० विकेटले विजयी

एजेन्सी

मुम्बई
तस्बिरः आईसिसि

अष्ट्रेलियाले भारतमाथि कीर्तिमानी जित निकालेको छ। मुम्बईमा भएको पहिलो एकदिवसीय खेलमा घरेलु टोली भारत अष्ट्रेलियासँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ।

पहिले ब्याटिङ गर्दै भारतले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा बिना कुनै विकेट क्षति पुरा गर्‍यो।

अष्ट्रेलियाको सानदार जितमा दुवै ओपनर आरोन फिन्च र डेविड वार्नरले उत्कृष्ट शतकीय इनिङ्स खेले।

८८ बलमा सतक प्रहार गरेका वार्नरले ओडीआई करिअरको १८ औं शतक प्रहार गरे। कुल १ सय १२ बल खेलेका वार्नरले १७ चौका र ३ छक्का सहित १ सय २८ रनमा अविजित रहे।

कप्तान फिन्चले ११४ बलमा ११० रनमा अभिजित रहे। यस क्रममा उनले २ छक्का र १३ चौका प्रहार गरे।

आरोन फिन्चले ओडिआई करियरमा २४ औं शतक पुरा गरे।

त्यसअघि मुम्बईको वानखडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारत ४९.१ ओभरमा अल आउट हुँदै २ सय ५५ रनमा समेटिएको थियो ।

उसका लागि शिखर धवनले सर्वाधिक ७४ रन बनाए। यस्तै केएल राहुलले ४७ रनको इनिङ्स खेले।

दोस्रो विकेटका लागि धवन र राहुलले १ सय २१ रनको साझेदारी गरेका थिए।

यसअघि ओपनर रोहित शर्मा १० रनमा आउट भएका थिए।

विकेट किपर ऋषव पन्तले २८ रन बनाउँदा रविन्द्र जडेजाले २५ रन बनाएका थिए।

कप्तान विराट कोहलीले १६ रनमा कट एण्ड बोल्ड आउट हुँदा कुलदिप यादवले १७ रन बनाए। शार्दुल ठाकुर १३ र मोहम्मद शामी १० रनमा आउट हुँदा  श्रेयस ऐरले ४ रन जोडे।

अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए। यस्तै प्याट कमिन्स र केन रिचड्सनले समान २-२ विकेट लिए।

एडम जम्पा र एस्टन अगरले १-१ विकेट लिए।

तीन खेलको एक दिवसीय अन्तर्गत दोस्रो वान डे खेल शुक्रबार राजकोटमा हुनेछ।

प्रकाशित मिति: : 2020-01-15 04:46:49

प्रतिकृया दिनुहोस्