महिला हिंसा र दण्डहीनता

सांकेतिक तस्बिर

केही दिनअघि एक सिद्धबाबा हुँ भन्ने सन्न्यासीले आफ्नी एक अनुयायी महिलालाई साधनाका नाममा एकान्तमा बोलाई बलात्कार गरेको सञ्चारमाध्यममा पढ्न पाइयो। महिलाले हिम्मत गरेर साधुविरुद्ध उजुरी गरेपछि बलात्कारविरुद्धको मुद्दा पनि चल्यो। त्यस हिंसाको वारदातविरुद्ध मुद्दा चलाउनुअघि महिलाले कतिसम्म सकस खेप्नुपरेको थियो, सो कुरा उनले आफ्नो अन्तर्वार्तामा अभिव्यक्त पनि गरेकी छन्।

पीडितको कथनअनुसार साधुवरिपरिका चेलाचपेटा भक्त–भक्तिनी आ श्रमका हिस्सेदार, नाफादार, नेताजन, प्रहरी, जसजसका विविध स्वार्थ त्यस धार्मिक संगठनसँग गाँसिएका थिए, तिनीहरूले स्वामीविरुद्ध उजुरी नगर्न भनी तिनलाई सकेको ललाइफकाइ गरेछन्; त्यतिले नपुगेर धम्क्याएछन् र प्रलोभन देखाएछन्। उमेरले नेटो काटिसकेका बाबाका भक्तिनीहरूसम्मले पीडितलाई सम्झाएका रहेछन्। ‘स्वामी बाबाबाट भएको बलात्कार स्वयं कृष्ण भगवान् उत्तेजित हुन गएकाले स्वामीजीको अंगमा प्रवेश गरी आनन्द प्राप्तिसम्म गर्नुभएको हो। तसर्थ यस कृयालाई कृष्ण भगवान्बाटै कृपा भएको ठानी आफूलाई धन्य सम्झनुपर्नेमा उल्टै स्वामीविरुद्ध उजुर गर्ने (? )’ भनी तिनलाई हप्काएछन्। उनी तिनका कुरा सुनेर छक्क परिछन्।

प्रकाशित मिति: : 2020-01-16 18:04:04

प्रतिकृया दिनुहोस्