२७ वर्षीय आमिरले पाकिस्तानी क्रिकेट जगतलाई स्तब्ध पार्दै सन् २०१९ मा ‘वाइट बल’ मा लामो क्रिकेट करिअर खोज्न टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए।
पाकिस्तानका तीब्र बलर मोहम्मद आमिरले बंगलादेशविरूद्ध आगामी टि–२० शृंखलाका लागि टिमबाट आफ्नो नाम हटाएको विषयमा अचम्म मानेका छन्। उनले लामो फरम्याटको क्रिकेट (टेस्ट) बाट सन्यास लिने घोषणाबाट असन्तुष्ट पाकिस्तानी अधिकारीले आफूलाई दण्डीत गरेको आरोप लगाए।
२७ वर्षीय आमिरले पाकिस्तानी क्रिकेट जगतलाई स्तब्ध पार्दै सन् २०१९ मा ‘वाइट बल’ मा लामो क्रिकेट करिअर खोज्न टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए।
उनको यो निर्णयको चौतर्फी विरोध भएको थियो। उनको समर्थक र पूर्व क्रिकेटर पनि उनको टेस्ट नखेल्ने निर्णयले निरास थिए। आमिरलाई स्पट फिक्सिङ काण्डका कारण प्रतिबन्ध झेल्नु परे पनि राष्ट्रिय टोलीमा दोश्रो मौका दिइएको थियो।