म स्टार होइन, कलाकार हुँ: भूमी

बलिउड नायिका भूमी पेन्डेकरको करिअरको ग्राफ माथि चढिरहेको छ। भूमीले अभिनय गरेका चलचित्रले दर्शकको राम्रो साथ पाउन थालेपछि अहिले बलिउडमा उनको डिमाण्ड पनि उच्च छ।

हरेक किसिमका भूमिका गर्न सिपालु भूमीले अभिनय गरेको ‘साँड कि आँख, बाला र पति पत्नी और ओ’ बक्स अफिसमा हिट भए। पछिल्लो समय उनको हातमा चलचित्रको अभाव छैन। तर पनि उनी आफूलाई स्टार कलाकार मान्दिनन्।

एक अन्तरवार्तामा उनले भनेकी छिन्–‘म आफूलाई स्टार मान्दिन र मान्ने बेला पनि भएको छ जस्तो लाग्दैन्। म कलाकार हुँ। कलाकार नै भएर रहने मन छ।’

उनले चलचित्र सफल हुँदाको फाइदा भने भेटेकी छिन्। उनले भनिन्–‘चलचित्र सफल भयो भने नयाँ चलचित्रको अफरहरु धेरै आउने रहेछन्। जब धेरै चलचित्रको अफर आउँछ मैले छानेर राम्रो चलचित्रमा काम गर्न सक्छु। मेरो ध्यान स्टार बन्नेमा होइन, राम्रो काम गर्नेमा छ।’

भूमी अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ र ‘भूत’ रिलिजको तयारीमा छन्। यसपछि भूमिले अक्षय कुमारको चलचित्र ‘दुर्गावती’मा पनि मुख्य भूमिका निर्वाह गर्दैछिन्।
 

प्रकाशित मिति: : 2020-01-21 21:31:49

प्रतिकृया दिनुहोस्