यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
नेकपा एमालेकी सांसद ईश्वरी जीएमले रोल्पामा विद्युत विस्तारको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न माग गरेकी छिन्।
बुधबार प्रतिनिधिसभा बैठकको सून्य समयमा बोल्दै रोल्पाली सांसद जिएमले समयमा काम नगर्ने ठेकेदार र कम्पनीलाई तत्काल कारबाही गरी छिटो विद्युत विस्तार गर्न माग गरिन्।
उनले नेपालले भारतमा विद्युत बेचेर आम्दानी गर्नु गौरवको कुरा भएपनि रोल्पा जिल्लाका ३० प्रतिशतभन्दा बढी जनता विद्युतको पहुँचबाट बाहिर रहनु निकै दुःखद रहेको बताइन्।
रोल्पाका विभिन्न क्षेत्रमा विद्युत विस्तारका लागि त्रिपुरेश्वरी विभान्सु जेभी कम्पनी काठमाडौंले १८ महिनामा सक्ने गरी ६ करोड बढी पेस्की लिएर पनि विद्युत विस्तारको काम अलपत्र पारेको संसदलाई जानकारी गराइन्।
‘२०७८ मंसिर ३० गतेबाट ३७ करोड ६४ लाखमा योजना सम्झौता गरी १८ महिनाभित्र विद्युत विस्तार गरिसक्ने सर्तमा साढे ६ करोड बढी पेश्की रकम लिएर त्रिपुरेश्वरी विभान्सु जेभि कम्पनी सम्झौता भएको अढाई वर्ष वितिसक्दा समेत काम नगरेपछि रोल्पामा विद्युत विस्तार कार्य अलपत्र अवस्थामा छ,’ सांसद जीएमले भनिन्, ‘त्यसैले उक्त सम्झौता तोडेर नयाँ प्रक्रियामा गई रोल्पामा विद्युत विस्तार कार्यलाई तिब्र रुपमा अघि बढाउन म सभामुखमार्फत नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदछु।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया