सोएबको १७ वर्ष पुरानो तीब्र बल फ्याँक्ने इतिहास भंग भएकै हो? (भिडियाे)

१७ वर्षअघि पाकिस्तानका तीब्र बलर सोहेब अख्तरले फ्याँकेको क्रिकेट इतिहासकै सबैभन्दा तीब्र बलको कीर्तिमानलाई श्रीलंकाका एक युवा बलरले भंग गरेको भन्दै चर्चा चुलिएको छ।  

युथ–१९ विश्व कपअन्तर्गत आइतबार भारतविरूद्धको खेलमा श्रीलंकाका १७ वर्षीय बलर मथिशा पथिरानाले १ सय ७५ किमी प्रतिघण्टाले बल फ्याँकेकाे टेलिभिजनमा बताइएकाे छ। तर, उनले फ्याँकेको बल प्राविधिक रुपमा सहि थियाे वा थिएन यसको भने पुष्टी हुन बाँकी छ। 

टेलिभिजनको प्रत्यक्ष प्रसारणमा उनले फ्याँकेको बल १ सय ७५ किमी प्रतिघण्टा आँकिएको थियो। यद्दपि बल वाइड भएको थियो। तर, यसले यति बेला खुब चर्चा कमाइरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट महासंघले भने यसको पुष्टी गरेको छैन। 

सोएबले सन् २००३ मा इंग्ल्यान्डविरूद्ध १ सय ६१ दशमलव ३ किमी प्रतिघण्टाको बेगमा बल फ्याँकेका थिए। जुन अहिले पनि क्रिकेट इतिहासको सबैभन्दा तीब्र बल मानिन्छ।
 

प्रकाशित मिति: : 2020-01-21 23:47:38

प्रतिकृया दिनुहोस्