‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले आज (मंगलबार) भारतसँग खेल्दै छ।
चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपाल र भारतबीच खेल बिहान ६:४५ बजेदेखि सुरु हुनेछ। समूह चरण अन्तर्गतको पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमान बनाएको नेपालले दोस्रो खेल माल्दिभ्समाथि पनि सहज जित हासिल गरेको थियो। आज नेपालले पहिलो पटक भारतसँग टि- २० आइ खेल्न लागेको हो।
भारतले भने विश्वकपलाई मध्यनजर गरेर एसियाड खेल्न दोस्रो रोजाइको टोलीलाई पठाइएको छ। समूह चरण अन्तर्गतको दुवै खेलमा सहज जित निकालेको नेपालले आज भारतसँग पनि नतिजा आफैँ पक्षमा पार्द सेमिफाइनलको यात्रा तय गर्न लक्ष्यमा छ। उता, भारत भने टेस्ट मान्यता प्राप्त राष्ट्र भएकाले गर्दा सिधैँ क्वाटरफाइनलमा पुगेको थियो।
भारतको दोस्रो रोजाइको टोली भएता पनि इन्डियन प्रिमिय लिग आइपिएल र टि- २० खेलिसकेका खेलाडीहरु रहेका छन्। भारतले रुतुराज गाइकवाडको कप्तानीमा टोलीको घोषणा गरेको छ।
भारतलाई पुरुष क्रिकेटअन्तर्गत पदकको दाबेदारीको रुपमा लिइएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया