अष्ट्रेलियाको दक्षिणपूर्वी भूभागमा बर्सियाे बल जत्राे असिना, थुप्रै चराचुरुङ्गी घाइते

अष्ट्रेलियाको दक्षिणपूर्वी भूभागमा असिना बर्सिएको छ। धुलोको मुस्लोयुक्त भयानक आँधी आएको २४ घण्टा नबित्दै उक्त स्थानमा असिना परेको हो।

सोमबार अपरान्ह देशको राजधानी क्यानबेरामा बलजत्रो असिना परेको हो। उक्त असिनले कारको झ्यालमा क्षती पुर्‍याउनुका साथै थुप्रै चराचुरुङ्गीलाई घाइते बनाएको जानकारीमा उल्लेख छ। 

असिना परेसँगै कोही मानिस ओत लाग्न दौडिए भने असिनाको सम्भावित क्षतीबाट बच्नका लागि ड्राइभरले आफ्नो साधनलाई अन्डरग्राउन्ड पार्किङतिर कुदाए।

१५ मिनेटपछि २ इन्च चौडाइ भएको असिना पर्न रोकियो तर ती गाडीको झ्यालको सीसा फुटाउन र दर्जनौं चराचुरुङ्गीलाई चोट पुर्‍याउन पर्याप्त भएको क्यानबेरामा रहेको अष्ट्रेलियन संस्थाका अनुसन्धानकर्ता तोम स्वानले जानकारी दिए।

अष्ट्रेलियाको मौसम विभागका अनुसार उक्त असिना अब सिड्नी, ओलङ्गङ्ग र न्यूक्यासल सरेको छ। मौसम विभागले उक्त क्षेत्रमा विनासकारी आँधी, ठूला असिना र भारी वर्षाको सम्भावना भएको भन्दै चेतावनी जारी गरेको छ।
 

प्रकाशित मिति: : 2020-01-21 23:50:46

प्रतिकृया दिनुहोस्