अष्ट्रेलियाको जंगलमा लागेको डढेलो निभाउने क्रममा विमान दुर्घटना, तीनजनाको मृत्यु

अष्ट्रेलियाको जंगलमा लागेको विनाशकारी डढेलो निभाउने क्रममा विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुने तीनै अधिकारीहरु अमेरिकाको भएको बताइएको छ।

बिहीबार बिहान डढेलो निभाउन खटाइएको ‘एयर ट्यांकर’ हराइरहेको थियो ।

न्यु साउथ वेल्सका अधिकारीहरुले उक्त विमान उडेको केही बेरमै दुर्घटना भएको जानकारी दिएका छन्। विमान पहाडमा ठोक्किएर दुर्घटना भएको बताइएको छ। अन्तर्राष्ट्रिय सि–१३० एयर ट्यांकर दुर्घटना भएको हो। न्यु साउथ वेल्सको दक्षिणी क्षेत्रस्थित बेगा उपत्याकास्थित हिउँले भरिएको पहाडमा विमान ठोक्किएको थियो ।

अष्ट्रेलियाको न्यु साउथ वेल्ससहित विभिन्न स्थानमा केही सातादेखि आगलागी भइरहेको छ । पछिल्लो समय डढेलोले विभिन्न स्थानमा असर पुर्‍याएको छ ।डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् ।

यस हप्ता डढेलोका कारण थप अर्बैको सम्पत्ति विनास भएका छन् । यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन् ।

तर, भिक्टोरिया इमर्जेन्सी म्यानेजमेन्ट कमिश्नर एन्ड्रू क्रिस्पले चेतावनी दिँदै भने, ‘तापक्रम बढ्नेछ र डढेलो पुनः सक्रिय हुनेछन् ।’ ट्राफिक प्रहरीले बिहीबार डढेलोका कारण विभिन्न स्थानका सडक समेत अवरुद्ध भएको जानकारी दिएको छ ।

प्रकाशित मिति: : 2020-01-24 03:18:58

प्रतिकृया दिनुहोस्