विकेटमा शतककाे नजिक सन्दीप

नेपाली युवा बलर सन्दिप लामिछानेले ९९ टि–२० विकेट पूरा गरेका छन्। बिगबास लिग अन्तरगत शनिबार ब्रिसबेन हिटविरुद्ध भएको खेलमा एक विकेट हात पार्दै लामिछानेले ९९ विकेट पुर्‍याएका हुन्।

सन्दीपले बुधबार भएको खेलमा दुई विकेट लिएको खण्डमा टी-२० मा एक सय विकेट पूरा गर्ने थिए। तर उनले बलिङ कसिलो गरे पनि विकेट हात पार्न सकेका थिएनन्। एडिलेडविरुद्धको खेलमा विकेटविहीन भएका सन्दीपले २४ रन खर्चिएका थिए।  

तर शनिबार मेलबर्नमा भएको खेलमा ब्रिसबेन हिटविरुद्ध १ विकेट लिए।  १२औँ ओभरमा सन्दीपले क्रिश लिनलाई आउट गराए।

१२औँ ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दीपको पहिलो बलमा डी भिलियर्सले एक रन लिए भने दोस्रो बलमा क्रिश लिनले दुई रन लिए। तेस्रो बलमा रन लिन नसकेका लिन चौथो बलमा भने क्याच आउट भए। यो खेलमा क्रिश लिनले ३१ बलमा ३४ रन बनाएका थिए। 

त्यसअघि सातौँ ओभरमा आफ्नो पहिलो स्पेल फालेका सन्दीपले जम्मा तीन रन दिए। कसिलो बलिङ गरेका उनको पहिलो बलमा रन दिएनन्। दोस्रो बलमा उनले  बेन कटिङलाई एक रन दिए। तेस्रो बलमा क्रिश लिनले एक रन लिए भने चौथो बलमा पनि कटिङले एक रन नै लिए। पाँचौँ बल डट फालेका सन्दीपको अन्तिम बल पनि डट रह्यो। 

त्यसपछि उनले नवौँ ओभरमा तीन रन दिए। पहिलो बलमा एबी डी भिलियर्सले एक रन लिए। त्यसपछिको उनको दुई बललाई क्रिश लिने राम्रोसँग खेल्न सकेनन्। चौथो बलमा भने लिनले एक रन लिए। पाँचौँ बलमा रन लिन नसकेका डि भिलियर्सले अन्तिम बलमा भने एक रन लिए। 

टी-२० मा सन्दीपले ७४ खेलमा ९९ विकेट पुर्‍याएका हुन्। सन् २०१८ आईपीएलबाट सिनियर टी–२० करियर सुरु गरेका सन्दीपले अन्तर्राष्ट्रिय टी–२० भने त्यसकाे २० दिन पछि खेलेका थिए। उनको पहिलो अन्तर्राष्ट्रिय म्याच आईसीसी विश्व ११ बाट थियो। जुन खेल उनले वेष्ट इण्डिजविरुद्ध लर्डसमा खेलेका थिए।

उनले राष्ट्रिय टिमबाट २८ विकेट लिएका छन भने बाँकी ७० विकेट आइसीसीबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिगमा लिएका हुन्।

सन्दीपले खेलेका फ्रेन्चाइज लिगमा ग्लोबल टी-२० क्यानडाको प्रर्दशन टी-२० मा मान्यता हुँदैन। सन्दीपले ग्लोबल टी-२० क्यानडामा दुइ संस्करणमा गरि कुल १३ विकेट लिएका थिए।

सन्दीपले सन् २०१८ मा एसिया टी-२० रिजन बी क्वालिफयारमा ६ खेलमा २४ विकेट लिएका थिए। उक्त प्रर्दशन पनि टी-२० आई र एस कुनैमा पनि जोडिदैन। सन्दीपले नेपाली राष्ट्रिय टोली र आधिकारिक फ्रेन्चाइज लिग गरि कुल ९८ विकेट पुर्याएका हुन्। 

सन्दीपपछि वसन्त रेग्मीले ४० खेलमा ५३ विकेट लिएका छन्। क्रिकेटबाट सन्न्यास लिई सकेका शक्ति गौचनले ३१ टी-२० खेलमा ३२ विकेट लिएका छन्। तीव्र गतिका बलर करण केसीले २७ टी-२० खेलमा ३३ र सोमपाल कामीले ३३ खेलमा ३० विकेट लिएका छन्। अन्य खेलाडी धेरै पछि रहेका छन्।

प्रकाशित मिति: : 2020-01-26 10:40:41

प्रतिकृया दिनुहोस्