बिगबास लिग बीचमै छाडेर सन्दीप स्वदेश फिर्ता, भाेलि आइपुग्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सोमबार स्वदेश फर्कने भएका छन्। सन्दीप नेपालको राष्ट्रिय टिमबाट खेल्नका लागि बिगबास बीचमै छाडेर स्वदेश फर्कन लागेका हुन्।

नेपालले आगामी माघ २२ गतेदेखि अमेरिका र ओमानसँग कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिकोणात्मक सिरिज खेल्दैछ। उनी सोमबार स्वदेश आइपुग्ने छन्। 

जारी सिजनमा मेलवर्न स्टार्सका लागि सन्दीपले १३ खेल खेल्दै १५ विकेट लिएका थिए। 

सन्दीपले शनिबार मेलवर्नबाट सिजनको १३औं खेल खेलेका थिए। जहाँ उनले १ विकेट लिँदा १६ रन मात्र खर्चिएका थिए। 

१२औँ ओभरमा सन्दीपले क्रिश लिनलाई आउट गराए।

१२औँ ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दीपको पहिलो बलमा डी भिलियर्सले एक रन लिए भने दोस्रो बलमा क्रिश लिनले दुई रन लिए। तेस्रो बलमा रन लिन नसकेका लिन चौथो बलमा भने क्याच आउट भए। यो खेलमा क्रिश लिनले ३१ बलमा ३४ रन बनाएका थिए। 

त्यसअघि सातौँ ओभरमा आफ्नो पहिलो स्पेल फालेका सन्दीपले जम्मा तीन रन दिए। कसिलो बलिङ गरेका उनको पहिलो बलमा रन दिएनन्। दोस्रो बलमा उनले  बेन कटिङलाई एक रन दिए। तेस्रो बलमा क्रिश लिनले एक रन लिए भने चौथो बलमा पनि कटिङले एक रन नै लिए। पाँचौँ बल डट फालेका सन्दीपको अन्तिम बल पनि डट रह्यो। 

त्यसपछि उनले नवौँ ओभरमा तीन रन दिए। पहिलो बलमा एबी डी भिलियर्सले एक रन लिए। त्यसपछिको उनको दुई बललाई क्रिश लिने राम्रोसँग खेल्न सकेनन्। चौथो बलमा भने लिनले एक रन लिए। पाँचौँ बलमा रन लिन नसकेका डि भिलियर्सले अन्तिम बलमा भने एक रन लिए। 

प्रकाशित मिति: : 2020-01-27 01:48:57

प्रतिकृया दिनुहोस्