डी ककले बनाए नयाँ कीर्तिमान

दक्षिण अफ्रिकाका विकेट किपर तथा ब्याट्सम्यान क्विन्टन डी ककले नयाँ कीर्तिमान बनाएका छन्। ककले आफ्नो ग्लब्सबाट २०० औं विकेट लिने कीर्तिमान बनाएका हुन्। 

यो रेकर्डसँगै उनले अस्ट्रेलियाका एडम गिलक्रिस्टको रेकर्ड तोडेका छन्।

जोहानेसबर्गको वान्डरर्स मैदानमा इंग्ल्याण्डसँगको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा ककले ओली पोपलाई आउट गर्दै २०० औं क्याच आउट गराएका हुन्।

इंग्ल्याण्डसँगको टेस्टमा ककले पहिलो पारिमा तीन तथा दोस्रो पारिमा चार क्याच आउट गरेका थिए। 

क्विन्टले ४५ औं टेस्टमा २०० ‌औँ क्याच आउट गर्दा यसअघि गिलक्रिस्टले ४७ टेस्टमा २०० क्याच लिएका थिए।

गिलक्रिस्टपछि ५० टेस्टमा २०० क्याच गर्ने अर्का खेलाडी ब्रेड हेडिन हुन्।

पाकिस्तानका कमरान अकमल र दक्षिण अफ्रिकाका मार्क बाउचरले यो रेकर्ड ५२ टेस्टमा कायम गरेका थिए।

प्रकाशित मिति: : 2020-01-28 20:44:41

प्रतिकृया दिनुहोस्