अनुमोदनको प्रतीक्षामा रहेकाे एमसीसी पारित गर्नुपर्छ: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पारितको प्रतीक्षामा आफू रहेकाे बताएका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिने क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)संसदीय दलका नेता समेत रहेका ओलीले भने ‘थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने। धेरै अगाडि देखि विभिन्न चरण पार गर्दै आएको, ६/७ जना प्रधानमन्त्री गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारित गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले आग्रह र अनावश्यक बहसमा अल्झिन नहुनेमा जोड दिए । उनले सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचन दिए ।
 

प्रकाशित मिति: : 2020-01-29 03:05:17

प्रतिकृया दिनुहोस्