होटल सोल्टीमा बङ्गलादेशीले गरे साथीको हत्या, हत्यारा रक्सौल कटेपछि थाहा पायाे प्रहरीले घटना !

दीप सुवेदी

काठमाडाैं

काठमाडौंको सोल्टीमोडस्थित होटल ग्राण्ड भिला (होटल सोल्टी)मा एक बङ्गलादेशीले आफ्नै साथीको हत्या गरेको खुलेको छ। 

महानगरीय प्रहरीवृत्त कालीमाटीका अनुसार दुला मियाँले मोहिद्दिन अहमदको हत्या गरेका हुन्। उनीहरु होटल ग्राण्ड भिलामा को ११४ नम्बर कोठा बसेकाे वृत्तका प्रमख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले बताए।

‘अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे। उनी विभिन्न होटलको क्यासिनोमा जान्थे। यसपाली उनीहरु यही माघ ६ गते जनवरी २० तारिखमा पछिल्लो पटक नेपाल आएका थिए। हिमालय एयरलाइन्सको सिट १० को बि र सीमा बसेर उनीहरु आएको खुलेको छ।’ उनले भने।

उनी क्यासिनोका नियमित ग्राहक भएको बुझिएको छ। होटलमा दैनिक १५ सयमा भाडामा बसेका उनी ट्राभल एजेन्सी भएको खुल्न आएको छ। 

एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट २१ तारिखमा टाउकामा बोतलले हानेर हत्या गरेको देखिएको कुँवरले जानकारी दिए। ‘मारेर फरार भएपछि जनवरी २२ तारिख साँझ ४ः१५ बजे मात्रै प्रहरीलाई जानकारी आएको थियो।’ उनले भने ‘ढिला सूचना प्राप्त हुँदा हत्या गर्ने व्यक्ति भने नाका पार गरेर फरार भएका छन्।’

खाटमा सिरक ओढाएर सुतिरहेको जस्तो बनाएर शव राखिएको अवस्थामा फेला परेको थियो। हत्यामा आर्थिक विषय जोडिएको आशङ्का गरिए पनि यकिन हुन नसकेको उनले बताए।

प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको उनले बताए। उनीहरुका आफन्तले पनि सोही आशङ्का गरेका छन्। प्रहरीले घटना थाहा पाउँदा मियाँ भने रक्सौल हुँदै फरार भएको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ। 

हत्यापछि दुल्लामियाँ सोल्टीमोड हुँदै वाफल, कलंकीबाट वीरन्जग जाने बस चढेर भारत भागेको सीसीटीभी फुटेजले देखाएको छ।

प्रकाशित मिति: : 2020-01-30 11:09:50

प्रतिकृया दिनुहोस्