चलचित्र ‘अत्रङ्गी रे’मा अक्षय, धनुष र सारा

बिएल संवाददाता

नयाँदिल्ली

चलचित्र ‘अत्रङ्गी रे’मा नायक अक्षय कुमार र नायिका साराअली खान देखिने पक्का भएका छन्। यस चलचित्रमा साउथ स्टार अर्थात रजनिकान्तका ज्वाई धनुषको पनि मुख्य भूमिका रहनेछ।

आनन्द एल राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘अत्रङ्गी रे’मा अक्षय, धनुष र साराले एउटै चलचित्रमा काम गर्ने भएपछि यतिबेला सामाजिक संजालमा चर्चाको बिषय बनेको छ। दुई पुस्ताका कलाकारलाई एकसाथ पर्दामा देख्न पाउने कुराले दर्शक माझ थप चर्चा बढेको हो।

यसअघि अक्षयले साराका पिता सैफअली खानले केही चलचित्रमा काम गरिसकेका छन्। अब, अक्षय उनै सैफकी छोरी सारासँग पर्दामा देखिने भएका छन्। 

सारा अक्षयसँग काम गर्न पाउँदा निकै खुसी छिन्। उनले भनेकी छिन्–‘अक्षय सर मेरो मनपर्ने नायक हुनुहुन्छ। उहाँको चलचित्र धेरै हेरेको छु। उहाँसँग सहकार्य गर्न पाउनु मेरो लागि सौभाग्य हो।’

त्यस्तै सारासँग काम गर्न अक्षय कुमार पनि उत्साहित छन्। ‘सारा अहिले निकै राम्रो सम्भावना भएकी नायिका हुन्’, अक्षयले बलिउड मिडियासँग भनेका छन्–‘अब मैले नयाँ पुस्ताका कलाकारहरुसँग काम गरेर नयाँ कुराहरु सिक्नेछु।’

स्मरण रहोस् की अहिले साराले बलिउडमा आफ्नो गज्जबको क्रेज बनाएकी छिन्। ‘केदारनाथ’बाट डेब्यु गरेकी साराले पहिलो चलचित्रबाट नै सफलता पाएकी थिइन्। दोश्रो चलचित्र ‘सिम्बा’ले पनि सारालाई सफलता नै दियो। अहिले सारा अभिनित चलचित्र ‘लभ आजकल’ रिलिजको तयारीमा छ।

प्रकाशित मिति: : 2020-02-01 01:33:20

प्रतिकृया दिनुहोस्