‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
देशभर वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरेको एमालेले आज देशभर एकै पटक १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट गर्दैछ। महाधिवेशन प्रतिनिधिका लागि केही जिल्लामा चुनाव हुनेदेखि चरम विवाद पनि उत्पन्न भइरहेको छ।
तर, १५ जना महाधिवेशन प्रतिनिधि छनोटका लागि ३५ जनाको उम्मेद्वारी परेको गोरखामा भने सर्वसम्मत रुपमा चयन भएका छन्। दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ बाट दुई महिलासहित ६ जना, निर्वाचन क्षेत्र नम्बर २ बाट दुई महिलासहित ८ जना र उत्पीडित वर्गबाट १ जना गरी जम्मा १५ जना प्रतिनिधि छनोट भएका हुन्।
महाधिवेशन प्रतिनिधिका लागि गोरखाको दुई निर्वाचन क्षेत्र र उत्पीडित वर्गबाट गरी जम्मा ३५ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ।
छनोट हुने प्रतिनिधिको संङ्ख्या भन्दा उम्मेद्वारी दिनेको संख्या दोब्बर भन्दा बढी भए पनि पार्टीका जिल्लास्तरीय शीर्ष नेताले सम्पूर्ण उम्मेद्वारसँग छलफल गरेर सर्वसम्मत प्रतिनिधि छनोट गरेका हुन्।
क्षेत्र नं १ बाट महिलामा सम्झना देवकोटा, मिना बरामसहित खुल्ला तर्फ सुरेन्द्र बहादुर थापा, गोपाल पाण्डे, कृष्ण नेपाली, सुरेश श्रेष्ठ, मोहन भट्टराई र विशाल थापा सर्वसम्मत चयन भएका छन्।
यस्तै, क्षेत्र नं २ मा महिलाहरु पार्वती पाठक, रुपा पन्तसहित प्रेम गुरुङ, बाबुराम थापा, हरि काफ्ले, कमल दानी प्रतिनिधि चयन भएका छन्।
पार्टीको केन्द्रीय नीतिअनुसार उत्पीडित दलित प्रतिनिधिमा काजीराम रोका चयन भएका छन्।
गोरखा जिल्लाभर हाल एमालेको ७ हजार ६९० जना पार्टी सदस्य रहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया