जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
बिएल संवाददाता
देशभर वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरेको एमालेले आज देशभर एकै पटक १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट गर्दैछ। महाधिवेशन प्रतिनिधिका लागि केही जिल्लामा चुनाव हुनेदेखि चरम विवाद पनि उत्पन्न भइरहेको छ।
तर, १५ जना महाधिवेशन प्रतिनिधि छनोटका लागि ३५ जनाको उम्मेद्वारी परेको गोरखामा भने सर्वसम्मत रुपमा चयन भएका छन्। दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ बाट दुई महिलासहित ६ जना, निर्वाचन क्षेत्र नम्बर २ बाट दुई महिलासहित ८ जना र उत्पीडित वर्गबाट १ जना गरी जम्मा १५ जना प्रतिनिधि छनोट भएका हुन्।
महाधिवेशन प्रतिनिधिका लागि गोरखाको दुई निर्वाचन क्षेत्र र उत्पीडित वर्गबाट गरी जम्मा ३५ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ।
छनोट हुने प्रतिनिधिको संङ्ख्या भन्दा उम्मेद्वारी दिनेको संख्या दोब्बर भन्दा बढी भए पनि पार्टीका जिल्लास्तरीय शीर्ष नेताले सम्पूर्ण उम्मेद्वारसँग छलफल गरेर सर्वसम्मत प्रतिनिधि छनोट गरेका हुन्।
क्षेत्र नं १ बाट महिलामा सम्झना देवकोटा, मिना बरामसहित खुल्ला तर्फ सुरेन्द्र बहादुर थापा, गोपाल पाण्डे, कृष्ण नेपाली, सुरेश श्रेष्ठ, मोहन भट्टराई र विशाल थापा सर्वसम्मत चयन भएका छन्।
यस्तै, क्षेत्र नं २ मा महिलाहरु पार्वती पाठक, रुपा पन्तसहित प्रेम गुरुङ, बाबुराम थापा, हरि काफ्ले, कमल दानी प्रतिनिधि चयन भएका छन्।
पार्टीको केन्द्रीय नीतिअनुसार उत्पीडित दलित प्रतिनिधिमा काजीराम रोका चयन भएका छन्।
गोरखा जिल्लाभर हाल एमालेको ७ हजार ६९० जना पार्टी सदस्य रहेको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया