‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नेपालले साफ यू–१९ महिला च्याम्पियनसिपमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको छ।
यो जित सङ्गै नेपाल समूहको शीर्ष स्थानमा रहँदै प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने सम्भावना जिवितै राखेको छ।
हाल सात अंक जोडेको नेपालले समूहको अन्तिम खेल डिसेम्बर १९ मा भारतसँग खेल्नेछ र सोही खेलबाट फाइनल पुग्ने बाटो तय हुनेछ। नेपाललाई फाइनलमा पुग्न कम्तिमा एक अंक चाहिन्छ।
भारतले भने दुई जित र एक खेल हारेर तेस्रो स्थानमा छ भने आयोजक बंगलादेश दोस्रो स्थानमा छ। ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशालामा भएको खेलमा मेनुका आले मगरले खेलको दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।
र१८औं मिनेटमा कुसुम खतिवडाले अग्रता दोब्बर बनाइन् भने २१औं मिनेटमा रजनी ठोकरको गोलले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो। मेनुकाले ७२औं मिनेटमा दोस्रो र नेपालको चौथो गोल गर्दै जित हासिल गरिन्। नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया