पक्की भवनबाट वैत्येश्वरको सेवा

रासस

चरिकोट

दोलखाको वैत्येश्वर गाउँपालिकाले आफ्नै नवनिर्मित पक्की भवनबाट सेवा प्रवाह गर्न लागेको छ। गाउँपालिकाको स्थायी केन्द्र पाडुँडाँडामा गाउँपालिकाले रु एक करोड ६८ लाखको लागतमा सो भवन निर्माण गरी बिहीबारबाट सेवा प्रवाह शुरु गरेको हो। 

गाउँपालिकाको स्थायी संरचना निर्माण गर्न २४ स्थानीयले ५५ रोपनी जग्गादान गरेका थिए। स्थानीयवासीको ५५ रोपनी दान र १७ रोपनी सार्वजनिक गरी ७२ रोपनी क्षेत्रमा गाउँपालिकाले स्थायी केन्द्र राख्न विभिन्न संरचना निर्माण गरिरहेको छ।  

गाउँपालिकाको आफ्नै लगानीमा हाल आठ कोठे पक्की भवन निर्माण गरिएको छ। प्रदेश सरकारको रु ४० लाख सहयोगमा सभाहल निर्माण भइसकेको र हाल सो भवनको प्रयोग गरी सेवा प्रवाह गरी आगामी दिनमा भवन थप गर्दै जाने योजना रहेको गाउँपालिका अध्यक्ष छवि लामाले बताए। नाम्दुको पाडुँडाँडामा निर्माण गरिएको स्थायी कार्यालयसम्म विभिन्न वडाबाट सहज तरिकाले जोड्न २७ किलोमिटर दु्रतमार्गको निर्माण गरिएको छ। 

प्रकाशित मिति: : 2020-02-01 20:17:26

प्रतिकृया दिनुहोस्