त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न अमेरिकी क्रिकेट टोली आज आउने

बिएल संवाददाता

काठमाडाै‌ं

आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्नका लागि अमेरिकी टोली आइतबार साँझ काठमाडौं आउँदैछ।

माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा आयोजना हुने सिरिज खेल्नका लागि अमेरिकी टोली आज आउन लागेको हो। 

दुई सातादेखि भारतमा तयारी गरिरहेको अमेरिकी टोली साँझ ८ बजे नेपाल आउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ। ओमन भने सोमबार नेपाल आउने बताइएको छ।

अमेरिकी टोलीका खेलाडीहरु

सौरभ नेट्रावाल्कर (कप्तान), स्टेभेन टेलर, करिमा गोरे, इयान होल्यान्ड, अक्षय होमराज, एल्मोरे हट्चिनसन, आरोन जोन्स, नोस्थुश केन्जिगे, जेभिएर मार्शल, मोनाङक पटेल, तिमिल पटेल, निसराग पटेल, क्यामरोन स्टेभेन्सन र रस्टी थेरन रहेका छन्।
 

प्रकाशित मिति: : 2020-02-03 01:46:25

प्रतिकृया दिनुहोस्