सन्दीपले लिने प्रत्येक विकेट वापत ८ हजार ८४८ रुपैयाँ रंगशालाई दिने

क्रिकेटर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि सहयोग गर्ने घोषणा गरेका छन्।

उनले यही माघ २२ देखि शुरु हुने अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजबाट रकम दिने घोषणा गरेका छन्।

सन्दीपले अमेरिका र ओमानविरुद्ध लिने आफूले लिने प्रत्येक विकेट वापत ८ हजार ८४८ रुपैयाँ रंगशालालाई दिने बताएका हुन्।

विश्वकप लिग २ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित सिरिज यही माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ।

नेपालले ओडीआई मान्यता पाएपछि पहिलो पटक घरेलु मैदानमा ओडीआई सिरिज खेल्न लागेको हो। 

प्रकाशित मिति: : 2020-02-03 09:53:12

प्रतिकृया दिनुहोस्