कान्सास सिटी चिफले जित्यो सुपर बल, ५० वर्षमा फर्कियो खुशीको माहौल

कान्सास सिटी चिफले यस वर्षको सुपरबल जितेको छ। फ्लोरिडाको मियामीस्थित हार्डरक स्टेडियममा भर्खरै सम्पन्न फाइनलमा सानफ्रासिस्को फोर्टीनायर्सलाई ३१-२० ले पाखा लगाउँदै चिफले यो ऐेतिहासिक जीत निकालेको हो। यो जीतका लागि कान्सास सिटीले आधा शताव्दी पर्खनु परेको थियो।

पहिलो क्वार्टरमा ७-३को अग्रता लिएको कान्सास दोस्रो क्वार्टरमा ३-७ ले पछि पर्दा १०-१०को स्थितिमा पुग्यो। तेस्रो क्वार्टर ०-१०को निराशाजनक प्रदर्शन गर्दा १०-२०को अवस्थामा रह्यो। यो स्थितिमा कान्सास निराश भैसकेको अवस्थामा चौथो क्वार्टरमा निर्णायक कम व्याक गर्दै ११-० हात पार्यो। यो संगै समग्रमा ३१-२० को जीत निकाल्यो। कान्सास सिटी चिफको जीतमा २४ वर्षीय प्याट्रिक महोम्स नायक सावित भए।

कान्सास सिटीमा सेलेब्रेसन सुरू भएको छ। मिजौरी वारि होस् वा पारि, दुबै कान्सास सिटीका बासिन्दा सहरका नायकहरूको स्वागत गर्न आतुर छन्।  
लुकास, मेयर कान्सास सिटी

अमेरिकी सेन्ट्रल टाइमअनुसार रातको साँढे नौ बजेको छ यहाँ । तर, के रात के विहान कान्सासबासी यतिबेला पूरै रातोमा सजिएर खुशी मनाइरहेको छ।

गाडीका हर्नहरू बजाइएका छन्, पटाका पड्काएर आतिशवाजी गरिएका छन्। कान्सास सिटीका चिफका समर्थकहरू सडकमा उत्रिएर हिप हिप हुर्रे मनाइरहेका छन्।

कान्सास सिटी सुपल बल जित्दा हासिल हुने लोम्बार्डी ट्रफीको प्रतीक्षामा छ। जब चिफका अफिसियल र खेलाडी त्यो ट्रफीसँगै घर फर्कनेछन्, उनीहरूको सहरमा भव्य स्वागत गरिने छ। 

कान्सास सिटीका मेयर लुकासले सेलेब्रेसन सुरू भएको बताएका छन्। उनले सहरका नायकहरूको स्वागत गर्न सहरबासी आतुर रहेको बताएका छन्।  

 

प्रकाशित मिति: : 2020-02-03 22:11:57

प्रतिकृया दिनुहोस्