‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
सेतोपाटी
जन्मिँदै पक्षघात भएका रघुनाथ बस्नेत अहिले तीस वर्ष भए। उनको घर भक्तपुर हो। हिँड्न सक्दैनन्। वरपर घुमफिर गर्न उनलाई ह्विलचेयर चाहिन्छ।
रघुनाथले स्नातक तह पास गरेका छन्। उनलाई सरकारी जागिर खाने मन थियो। सरकारी जागिरकै लागि तीन वर्ष लोक सेवा तयारी गरे। नायब सुब्बा र खरिदारका लागि परीक्षा पनि दिए। पास हुन सकेनन्।
त्यसपछि ललितपुरको एउटा निजी संस्थामा सात वर्ष काम गरे। 'शारीरिक रूपमा अशक्त भए पनि म बाँचुञ्जेल आफ्नै पाखुरा बझारेर खान चाहन्छु,' रघुनाथ भन्छन्।
त्यसैले उनले जीवन ह्विलचेयरमा मात्र बिताएनन्। १३ वर्षदेखि चारपांग्रे स्कुटर पनि गुडाइरहेका छन्। १३ वर्षअघि रातो रङको प्लेजर स्कुटर थियो रघुनाथसँग। भक्तपुर घरबाट पुल्चोकस्थित कार्यालय जान-आउन मात्र चलाउँथे। घर वरपर ह्विलचेयरमै गुड्छन्।
ह्विलचेयरमा गुडेको शरीरले स्कुटर गुडाउन सजिलो थिएन। सुरूमा डर भयो। ह्विलचेयरको जीन्दगीबाट पहिलोपटक एक्लै सडकमा पुग्दा उनी हराएका पनि थिए। तर आफ्नो आत्मविश्वास अड्याइराखे। त्यसैले स्कुटर चलाएर काठमाडौंका सडकमा खुट्टा टेक्दा उनलाई संसार जितेजस्तो लागेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया