विश्वकप लिग–२ : नेपाल र ओमान भिड्दै

नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय सिरिज खेल्दै छ।

आईसीसी विश्वकप लिग–२ का लागि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज कीर्तिपुर मैदानमा बुधबारदेखि सुरु हुन लागेको हो।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र ओमानबीचको खेल बिहान १० बजेदेखि सुरु हुने छ।

आईसीसीबाट चार वर्षका लागि एकदिवसीय मान्यता पाएपछि नेपालले यसअघि विदेशी भूमिमा ६ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेले पनि घरेलु मैदानमा भने खेलेको थिएन। 


नेपाली टिमः ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, कुशल मल्ल, अभिनास बोहरा, ललित नारायण राजवंशी, कमलसिंह ऐरी, शरद भेषवाकर, सन्दीप लामिछाने, रोहित कुमार पौडेल र सुशन भारी। 

प्रकाशित मिति: : 2020-02-05 19:39:32

प्रतिकृया दिनुहोस्