मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित, पत्रकारले लाइसेन्स लिनुनपर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिके विधेयक सर्वसम्मत पारित गरेको हो।

कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो। सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा मात्रै रहेको बताए।

‘पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैँमा नराम्रो होइन तर सेकेण्ड सेकेण्डमा परीक्षण हुने कुरा र परीक्षणभित्रै जीवन निरन्तरता वा मृत्युको संभावना बोकेको क्षेत्रलाई आफैँ कम्पिटिटिभ छ भने त्यो व्यवस्था किन भन्ने कुरा हो।’ मन्त्री बास्कोटाले भने।

उनले पेशागत शुद्धता र मर्यादाका लागि यो विषय उठेको पनि बताए।

प्रकाशित मिति: : 2020-02-07 04:44:36

प्रतिकृया दिनुहोस्