सरकारका प्रवक्ता भन्छन्– लाल फित्ताधारी र स्वेत फित्ताधारीको व्यवहार भएको छैन

बिएल संवाददाता

काठमाडाै‌ं
तस्वीर : चन्द्रकला क्षेत्री, रासस

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रह नराखेको बताएका छन्। राजनीतिक पूर्वाग्रहका आधारमा विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको कांग्रेसको आरोप अस्वीकार गर्दै उनले उक्त कुरा बताएका हुन्।

बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने  ‘यहाँ लाल फित्ताधारी र स्वेत फित्ताधारीको व्यवहार भएको छैन। यो कानुन प्रयोजनको कुरा हो। तथ्य त स्वीकार गर्नुपर्‍यो नि। तथ्य नै गलत छन् भने उहाँले अदालतमा राख्नुपर्‍यो र आफू निर्दोष प्रमाणित भएर आउनुपर्‍यो। फेरि सरकारले समातेर लगेर तँ दोषी नै होस् भनेर सरकारले करार गर्दैन।’

 उनले दोषी ठहर भए सत्ता र पावरको भरमा आफूहरुले थिचोमिचो नगर्ने बताए। ‘अदालतले जे फैसला गर्छ सरकारले त्यही कार्यान्वयन गर्ने हो।’ मन्त्री बास्कोटाले भने ‘प्रक्रिया सुरु भयो अब अदालतमा गएको छ। अब अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ।’

प्रकाशित मिति: : 2020-02-07 06:14:19

प्रतिकृया दिनुहोस्