पूर्व भूमिसुधारमन्त्रीदेखि भाटभटेनीका संचालकसम्मले लिएनन् विभूषण

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले राष्ट्रपतिबाट प्रदान गरिने विभूषण ग्रहण गर्न नजाने ४३८ जनाको नामावली सार्वजनिक गरेको छ। २०६४ र २०७० साल संविधानसभा सदस्य बनेकाहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठमा संविधानसभा पदक प्रदान गरेकी थिइन्। 

२०६७ साल यता घोषणा भएका सुकीर्ति पदकदेखि उज्ज्वल कीर्तिमय राष्ट्रदीप पदक लिन नजानेहरू २४६ जना छन्। त्यस्तै, १९२ जनाले संविधानसभा पदक लिन गएका छैनन्। 

पदक लिन नजानेको सूचिमा पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशी पनि संविधानसभा पदक लिन गएका छैनन्। उनलाई पनि अख्तियारले ललिता निवास प्रकरणमा प्रतिवादी बनाएको छ। उनलाई आयोगले  ७ करोड ८ लाख ४८ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

त्यस्तै भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मिनबहादुर गुरुङ पनि नाम छ।  गुरुङविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास क्याम्पाको जग्गा विवादमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनलाई सरकारले २०६७ सालमा प्रवल जनसेवा श्री विभुषणका लागि चयन गरेको थियो।

संविधानसभा पदक लिन बाँकीको सूचीमा दिवंगत पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापाको नाम पनि छ। उज्ज्वल कीर्तिमय राष्ट्रदीप लिन नगएका मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको पनि निधन भइसकेको छ।

हेर्नुहोस् कसले लिएनन् पदक

प्रकाशित मिति: : 2020-02-08 04:01:24

प्रतिकृया दिनुहोस्