अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा संसदमा वयान दिने दुई साक्षी बर्खास्त

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी राष्ट्रपति ट्रम्पले संसदमा वयान दिन गएका उनका दुई सहयोगीलाई निस्कासन गरेका छन्। 

निस्कासित हुनेमा गर्डन सनल्याण्ड र अलेक्जेण्डर भिन्डम्यान रहेका छन्।

सनल्याण्ड युरोपियन युनियनका लागि अमेरिकी राजदूत हुन् भने भिन्डम्यान राष्ट्रिय सुरक्षा परिषदका युक्रेन विशेषज्ञ हुन्।

सनल्याण्ड लामो समयदेखि ट्रम्पका समर्थक र ठूला दाता रहदै आएका थिए। त्यही गुन तिर्न राष्ट्रपति ट्रम्पले  उनलाई युरोपियन युनियनका लागि अमेरिकी राजदूतमा नियुक्त गरेका थिए।

अमेरिकी सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल भिण्डम्यान युक्रेनी मूलका हुन्। ट्रम्प समर्थक उनलाई पनि ट्रम्पले नै युक्रेन विशेषज्ञका रूपमा राष्ट्रिय सुरक्षा परिषदमा नियुक्त गरेका थिए।

राष्ट्रपति ट्रम्पले उनीहरू दुबैलाइ संसदमा वयान दिन नजान भनेका थिए। तर, उनीहरूले आफू सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले संसदमा वयना दिनु आफ्नो दायित्व भन्दै वयान दिएका थिए। 

वयानका क्रममा उनीहरूले राष्ट्रपतिको पक्षमा नै आफ्नो धारणा राखेका थिए।

तर, राष्ट्रपति ट्रम्पले संसदमा वयान दिने सबै आफ्ना शत्रु हुने चेतावनी पहिला नै दिएका थिए। त्यही चेतवानीलाई कार्यान्वयनमा ल्याउने क्रममा उनीहरूलाई निस्कासन गरिएको हो।

निस्कासित हुनेमा अलेक्जेण्डर भिन्डम्यानका जम्ल्याहा भाइ येभ्गेनी भिण्डम्यान पनि परेका छन्। अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल येभ्गेनी पनि राष्ट्रिय सुरक्षा परिषदमै कार्यरत थिए।

सिनेटले महाअभियोगबाट सफाइ दिएपछि आयोजित विजयोत्सवमा ट्रम्पले आफ्ना ८ शत्रुको सूची सुनाएका थिए। सूचीमा संसदमा वयान दिनेलाई तेस्रो क्रममा राखेका थिए। सनल्याण्ड र भिन्डम्यान त्यही सूचीबाट पहिलो लटमा बर्खास्तमा परेका छन् ।

दाइ फायर हुँदा उनी पनि फायर भएका हुन्। यद्यपि, उनी वयानका लागि बोलाइएका पनि थिएनन् र उनको यस प्रकरणमा कुनै संलग्नता पनि देखिएको थिएन।

राष्ट्रपति ट्रम्पको यो कदमलाई धेरैले अस्वभाविक भनेका छन्। यो कदमबाट उनको कुरा नसुन्ने जो कोहीलाई पनि उनी सहने पक्षमा छैनन् भन्ने संकेत मिलेको छ।

केही राजनीतिक पण्डितहरूले उनको यो कदम अन्तिम नभएर सुरूवात भएको बताएका छन् । संसदमा दर्जनभन्दा बढी अधिकारील वयान दिएका थिए ।

सिनेटले महाअभियोगबाट सफाइ दिएपछि आयोजित विजयोत्सवमा ट्रम्पले आफ्ना ८ शत्रुको सूची सुनाएका थिए। सूचीमा संसदमा वयान दिनेलाई तेस्रो क्रममा राखेका थिए। सनल्याण्ड र भिन्डम्यान त्यही सूचीबाट पहिलो लटमा बर्खास्तमा परेका छन् ।

प्रकाशित मिति: : 2020-02-09 00:52:11

प्रतिकृया दिनुहोस्