सरकार र शिक्षकको सहमतिमा असन्तृष्ट विद्यालय कर्मचारी, छुट्टै आन्दोलन गर्ने तयारी

विद्यालय कर्मचारीहरूले छुट्टै आन्दोलनको घोषणा गर्ने बताएका छन्।

नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमति आफूहरूलाई मान्य नहुने बताउँदै छुट्टै आन्दोलनको घोषणा गर्ने बताएका हुन्।

सरकार र शिक्षक महासंघबिच बुधबार ९ बुँदे सहमति भएको थियो। तर उक्त सहमतिमा विद्यालय कर्मचारी सन्तृष्ट छैनन्।

विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीका अनुसार सरकारसँग भएको सहमतिमा विद्यालय कर्मचारीको पक्षमा केही भएको छैन।

सरकारसँगको सहमतिमा आफूहरूलाई उपेक्षा गरिएबको भन्दै उनले भने, ‘आवाज उठाउँदा दबाउन खोजियो। अब हामी छिट्टै आन्दोलनको घोषणा गर्नेछौं।’

शिक्षक आन्दोलनमा पनि आर्थिक  घोटाला भएको उनको आरोप थियो। 

 

प्रकाशित मिति: : 2025-05-01 15:05:00

प्रतिकृया दिनुहोस्