‘रूबी जस्तो मान्छे’

अमित घिमिरे

म्यानमार

लोभी गरिबी हुने थिएनन्

सृष्टिमा जता ततै रुबी भए

पैसाको कुरा के गर्नु

मान्छे साँच्चै मान्छे हुन्थे ।

     न पदको अर्थ हुन्थ्यो

     न अहङ्कारको डकार आउँथ्यो

     न मानिस बीच सीमाना हुन्थ्यो

     न कसैले हेपिनु पर्थ्यो

     न कोही जोतिनुपर्थ्यो

    यहाँ रुबी नै रुबी हुन्थ्यो

त्यो पल मात्र... ...

गरीब पनि मान्छे हुन्थ्यो

    न त्यहाँ कसैले बोल्नु पर्थ्यो

    न त्यहाँ कसैले लेख्नु पर्थ्यो

    न त्यहाँ अकालमै मर्नु पर्थ्यो

    न चोर्नु र ढाँट्नु नै पर्थ्यो

सबै मान्छे एउटै हुन्थ्यो

जब सृष्टिमा जता ततै

रुबी नै रुबी हुन्थ्यो

त्यहाँ सबै शुलभ हुन्थ्यो

मान्छे रुबी जस्तै हुन्थ्यो।

    साह्रोमा साह्रो

    रुप रङमा चमत्कार

    उच्च गुणस्तरको आकार

    प्रकृतिको वरदान

    हराउँथ्यो धनको अभिमान

    सबैमा सद्भावना छाउँथ्यो

    जात धर्म एउटै हुन्थ्यो

    मान्छे एउटै जर्दाको हुन्थ्यो

    रुबी जस्तो मान्छे हुन्थ्यो ।

प्रकाशित मिति: : 2020-02-09 04:15:00

प्रतिकृया दिनुहोस्