विनोद भण्डारीकाे अर्धशतक पूरा

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा विनोद भण्डारीले अर्धशतक बनाएका छन्।

उनले त्रिवी मैदानमा अमेरिकाविरुद्द अर्धशतक प्रहार गरेका हुन्। उनले अर्धशतक प्रहार गर्ने क्रममा ६५ बलमा ५१ रन बनाउन ५ चौका र १ छक्का प्रहार गरेका थिए।

यसअघि सोही खेलमा नेपालकका कुशाल मल्ल पनि अर्धशतक बनाएका थिए।

उनले त्रिवी मैदानमा अमेरिकाविरुद्द डेब्यु खेलमै अर्धशतक प्रहार गरेका हुन्। उनले अर्धशतक प्रहार गर्ने क्रममा ५० बलमा  ५० रन बनाउन ४ चौका र ३ छक्का प्रहार गरेका थिए।

मल्ल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशत बनाउने सबभन्दा कान्छा खेलाडी समेत बनेका छन्। १५ वर्ष ३४० दिनको उमेरमा अर्धशतक बनाएका हुन्।  

यसअघि नेपालकै रोहितकुमार पौडेलले युनाइटेड अरब इमिरेट्स ९युएई० विरुद्ध १६ वर्ष १४६ दिनमा अर्धशतक बनाएका थिए।

प्रकाशित मिति: : 2020-02-09 01:59:52

प्रतिकृया दिनुहोस्