
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
बिएल संवाददाता
पछिल्लो समय नेपालको राजनैतिक वृत्तमा नयाँ-नयाँ 'ट्वीस्ट'हरू थपिरहेका छन्।
विभिन्न प्रमुख राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्वका कारण नयाँ-नयाँ अनपेक्षित दृश्यहररू देख्न पाइएको छ।
वर्तमान समयमा सबैभन्दा ठूलो दल मानिने नेकपा (एमाले) पनि अन्तत: विभाजित भइसकेकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओली एकातिर छन् भने वरिष्ठ नेता माधव नेपालले पनि नयाँ नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरिसकेका छन्।
एमाले विभाजनबाट नेपाली कांग्रेस र माओवादी केन्द्रसहित अन्य विभिन्न दलहरुले लाभ लिइरहेकाे स्पष्ट देख्न सकिन्छ। बुधबार ओलीले पत्रकार सम्मेलन नै गरेर एकताकाे सन्देशसहित पार्टीकाे आगामी गतिविधिबारे जानकारी गराए। पत्रकार सम्मेलन गर्नुपूर्व ओलीले मंगलबार पनि स्थायी कमिटीकाे बैठक बाेलाएका थिए।
जब स्थायी कमिटीकाे बैठक सकियाे...
मंगलबार साँझ च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा स्थायी कमिटीकाे बैठक बसेकाे थियाे। बैठक सकिएपछि सबै नेताहरू एक-एक गर्दै हँसिलाे अनुहारसहित बैठक स्थलबाट निस्किरहेका थिए। भवन बाहिर उनीहरूले सामूहिक फाेटाेसमेत खिचाए।
तर संयाेग– फाेटाे खिचाइसकेपछि सबै नेताहरु आ-आफ्नाे गाडीतर्फ लाग्दै थिए। त्यतिकै बेला भीम रावलले भने अचानक रघुजी पन्तकाे दाहिने हात समाते र विस्तारै आफूतिर लतार्दै गेटसम्म लगे।
उनले नेता रावलकाे कानमा केही खासखुस गरिरहेका थिए। उनीहरूकाे खासखुस सुन्न नेता सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पनि टुप्लुक्क आइपुगे। र पाण्डे र ज्ञवालीले पनि रावलकै कान नजिक पुगेर केही भनेजस्ताे गरे।
उनीहरू पत्रकारभन्दा करिब १० मिटरकाे दुरीमा खासखुस गरिरहेका थिए। उनीहरूबीचकाे खासखुस 'चार भाइ'बाहेक अरूले सुन्नै पाएनन्न। पत्रकारहरूले पनि उनीहरुकाे खासखुस तस्वीरमा मात्र क्याप्चर गर्न भ्याए।
रावल, ज्ञवाली, पाण्डे र पन्तकाे खासखुस पत्रकारहरूले अर्थपूर्ण रुपमा नियालिरहेका थिए।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया