नेपाललाई पाँचाै सफलता, सुशनले लिए विकेट

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १ सय ९० रन बनायो। १ सय ९१ रनको योगफल पाएको अमेरिकाले ५ औं विकेट गुमाएको छ।

सुशन भारीले १० औं ओभरको पहिलो बलमा अक्षय होमराजलाई विकेटकिपर विनोद भण्डारीमार्फत क्याच गराएका हुन्। आउट हुनुपूर्व होमराजले १९ बलमा ५ रन बनाए। 

यसअघि नेपालका लागि सन्दीप लामिछाने १ र करण केसीले २ विकेट लिएका थिए।

करण केसीले ज्याभिर मार्शललाई विकेटकिपर विनोद भण्डारीमार्फत क्याच गरे। यसअघि करणले नै स्टेभन टेलरलाई दीपेन्द्रसिंह ऐरीमार्फत क्याच गराएका थिए।

मार्शलले ४ बलमा २ रन बनाए भने टेलर शून्यमै आउट भए।

यता सन्दीप लामिछानेले एरोन जोन्सलाई एलबीडब्ल्यू आउट गए। जोन्सले ५ रन बनाए। लामिछानेले नै मोनान्क पटेललाई एलबीडब्ल्यू आउट गरे। पटेलले ४ बलमा १ चौकासहित ४ रन बनाए। 

अहिले नयाँ ब्याट्सम्यान करिमा गोर र  इयान होल्यान्ड क्रिजमा छन्। 

प्रकाशित मिति: : 2020-02-09 03:38:56

प्रतिकृया दिनुहोस्