आदित्य र नेहाको विवाह पक्का: यी हुन् पाँच कारण 

एजेन्सी

मुम्बई

उदित नारायण झाका छोरा आदित्य नारायण र स्टार गायिका नेहा कक्कडबीच विवाहको विषयलाई लिएर यति बेला सोशल मिडिया गुलजार छ।

१४ फेब्रुअरीमा यो जोडीको विवाह तय भइसकेको समाचारले अखबारको पाना पनि भरिन थालेको छ। यहाँ सम्मकी सोशल मिडियामा ब्याचलर्स पार्टीको फोटो शेयर हुन थालेका छन्। 

तर, के तपाईहरूलाई थाहा छ, कुन कारणले आदित्य र नेहाको खबर सबैभन्दा बढी भाइरल भएको थियो। यि दुईको विवाहको खबर ५ कारणले भाइरल भएको अनुमान गरिन्छ। 

पहिलो कारणः भारतको लोकप्रिय टेलिभिजन रियालिटी शो इन्डियन आइडलको प्रस्तुति आदित्य नारायणले दिने गर्छन। यही कार्यक्रममा नेहा जज छिन्। शोमा दुई जनाबीच प्रायः विवाहको कुरा चल्थ्याे। आदित्यले धेरै पल्ट नेहासँग विवाहको प्रस्ताव राखेका थिए। जसका कारण विवाहको हल्ला चलेको थियो। 

दोस्रो कारणः विवाहको कुरा त्यति बेला बलियो भयो, जब इन्डियन आइडलको सेटमा दुबै परिवारका सदस्यले विवाहको विषयमा चर्चा गरेका थिए। उदितले छोराको विवाहका लागि सेटमै सहमति जनाइसकेका थिए। नेहाकी आमाले पनि आदित्यसँग विवाहका लागि स्विकृति प्रदान गरेकी थिइन। यसपछि सबैलाई लागिरहेको छ, दुबैको विवाह हुँदैछ। 

तेस्रो कारणः कलर्सले पनि ट्वीट गरेर सबैलाई १४ तारिखको दिन नबिर्सिन अनुरोध गरेको थियो। १४ फेब्रुअरी भेलेन्टाइन डे पनि हो। यो दिन स्पेशल शो प्रसारण हुने भन्दै नेहा र आदित्यको डान्सको प्रोमो पनि सार्वजनिक गरिएको छ। 

चौथो कारणः कलर्सपछि आदित्य नारायण आफै विवाहको विषयमा कमेन्ट गरिरहेका छन्। हालै उनले नेहाका भाई टोनीको सार्वजनिक हुन लागेको एल्बमको भिडियो पोस्ट गरेका थिए। जसमा आदित्य र नेहा पनि छन्। भिडियोमा आदित्य नेहाको भाईलाई ‘साला’ भनिरहेका छन्। 

पाँचौ कारणः भिडियोमा नेहा आफ्नो भाई टोनीलाई भनिरहेकी छिन्। गायिकाको रुपमा यो मेरो अन्तिम एल्बम हो। यसले विवाहलाई झन आधिकारिक बनाएको बताइएको छ। 

प्रकाशित मिति: : 2020-02-09 06:05:27

प्रतिकृया दिनुहोस्