थ्री नेसन्स कप:

लाओसमाथि नेपालकाे जित, नवयुग र अनन्तले गरे १–१ गाेल

प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले लाओसमाथि जित निकालेकाे छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले लाओसमाथि २-० गाेलकाे जित निकालेकाे हाे।

नेपालकाे जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले समान १–१ गाेल गरे।

नेपालकाे लागि तामाङले खेलका २९औँ मिनेटमा र श्रेष्ठले ५६औँ मिनेटमा गाेल गर्न सफल भए।

नेपालले लाओससँग सन २०१६ यता पहिलो पटक प्रतिस्पर्धा गरेकाे हाे। एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले लाओसलाई पेनाल्टी शुटआउटमा ३–० ले हराएको थियो।

थ्री नेसन्स प्रतियोगितामा आयोजक नेपालसँगै भुटान र लाओस सहभागि छन्।

नेपालले १४ चैतमा भुटानसँग खेल्नेछ। तीन टिमबीच एकअर्कासँग खेलेपछि प्राप्त अंकका आधारमा शीर्ष दुई टिमले १७ चैतमा फाइनल खेल्ने छन्।

प्रतियोगिताको विजेताले पाँच हजार डलर पुरस्कार पाउनेछ।

प्रकाशित मिति: : 2023-03-22 20:02:00

प्रतिकृया दिनुहोस्