नेपाललाई दाेस्राे झड्का, पारस पनि आउट

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा  टस हारेर पहिले ब्यटिङ गरिरहेको नेपालले दाेस्राे विकेट गुमाएको छ।  

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले पारस खड्कालाई ३८ रन गुमाएकाे हाे। उनी २३ औं ओभरको दोस्रो बलमा मोहम्मद नदिमको बलमा आउट भए। 

यसअघि १५ औं ओभरको पहिलो बलमा सुवास खकुरेललाई पहिलो विकेटका रुपमा गुमाएको थियाे।

ओपनर सुवास १ चौकाको मद्दतमा २२ रनमा खेलिरहेका थिए। सुवासलाई ओमानका मोहम्मद नादेमले आउट पवेलियन फर्काएका हुन्। उनले पहिलो विकेटका लागि ज्ञानेन्द्रसँग ४८ रनको साझेदारी गरे।

 

प्रकाशित मिति: : 2020-02-09 23:53:42

प्रतिकृया दिनुहोस्