भारतलाई हराउँदै बंगलादेशले जित्याे यू १९ विश्वकपकाे उपाधि

भारतलाई हराउँदै बंगलादेशले पहिलो पटक यू १९ विश्वकपकाे उपाधि जितेको छ। 

दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकपकाे फाइनलमा खेलमा आइतबार राती बंगलादेशले चार पटकको च्याम्पियन भारतलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो। 

भारतले दिएको १ सय ७८ रनको लक्ष्य बंगलादेशले पछ्छाएको बंगलादेशले ४१ ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनाएपछि वर्षाको कारण खेल रोकिएको थियो। 

वर्षा नरोकिएपछि ‘डकवर्थ लेविस’ पद्धतीको आधारमा बंगलादेशले जितको लागि ४६ ओभरमा १ सय ७० रनकाे नयाँ लक्ष्य पाएकाे थियाे। उक्त लक्ष्य बंगलादेशले ४२.१ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो।

बंगलादेशको जितमा कप्तान अकवर अलीले अविजित ४३ रन जोडे। उनले ७७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै परवेज हुसेन इमोनले ७९ बलमा ७ चौका सहित ४७ रनको योगदान दिए। 

यता कीबुल हसन ९ रनमा अविजित रहे। 

भारतका स्पिनर रवि विश्रोइले ४ विकेट लिए। उनले १० ओभरमा ३ मेडन राखेर ३० रन खर्चिएका थिए। यस्तै सुशान्त मिश्रा २ र यसस्वी जैसवालले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत ४७.२ ओभरमा अल आउट हुँदै १ सय ७७ रनमा समेटिएको थियो। 

भारतका ओपनर यशस्वी जैसवालले सर्वाधिक ८८ रनको योगदान दिए। उनले १ सय २१ बलमा ८ चौका र १ छक्का प्रहार गरे। यस्तै तिलक बर्मा ३८ र धुब्र जुरेलले २२ रन बनाउनु बाहेक अन्य ८ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बंगलादेशका अभिषेक दासले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए। त्यस्तै हसन सकीब र शोरफुल इस्लामले २/२ विकेट लिए।

प्रकाशित मिति: : 2020-02-10 11:25:06

प्रतिकृया दिनुहोस्