'ट्रम्पलाई मार्छु' भन्दै चक्कु बोकेर ह्वाइट हाउसअघि पुगेका युवा पक्राउ

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी राष्ट्रपति ट्रम्पका अन्धसमर्थक मात्र छैनन्, अन्धबिरोधी पनि छन्। उनको व्यवहार नै यस्तो छ कि अमेरिकी जनतामा कि ट्रम्पमेनिया छ कि ट्रम्पफोविया। उनले अमेरिकी जनतालाई ठाडो विभाजन गरेर कित्ताकाट गरिदिएका छन्। कोही पनि विचमा रहने अवस्था नै सिर्जना भएको छैन। अमेरिका इतिहासकै एक कठिन ठाडो चिराको ध्रुवीकरणमा गुज्रिरहेको छ।

त्यसैको एक दृष्टान्त बनेको छ, आइतबारको एक घटना । 

स्थानीय प्रहरीका अनुसार आइतबार राष्ट्रपति कार्यालय ह्वाइटहाउस अगाडि राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध प्रदर्शन गरिरहेका थिए। उनी राष्ट्रपति ट्रम्पको हत्या गर्ने धम्की दिदै भनिरहेका थिए, ‘म डोनल्ड ट्रम्पको हत्या गर्न आएको हुँ’। 

ती युवक फ्लोरिडाका २५ वर्षीय रोजर हेजपेथ थिए । पछि उनलाई प्रहरीले पक्राउ गर्यो। उनको साथमा चक्कु पनि भेटियो।

अमेरिकी राष्ट्रपति ट्रम्पका अन्धसमर्थक मात्र छैनन्, अन्धबिरोधी पनि छन्। उनको व्यवहार नै यस्तो छ कि अमेरिकी जनतामा कि ट्रम्पमेनिया छ कि ट्रम्पफोविया। उनले अमेरिकी जनतालाई ठाडो विभाजन गरेर कित्ताकाट गरिदिएका छन्। कोही पनि विचमा रहने अवस्था नै सिर्जना भएको छैन।

प्रहरीले भन्यो,  'पक्राउ परेको युवकको मानसिक अवस्था ठीक छैन।उनीमाथि  थप अनुसन्धान पनि हुन्छ र उनको मानसिक उपचार पनि गरिन्छ।'

मानसिक विचलन भएकै सही, ट्रम्पफोबिया भएका हेजपेथहरू अमेरिकामा असंख्य संख्यामा पाइन्छन्। 

यसो त यस्तो घटना घटाउने हेजपेथ पहिलो अमेरिकी हैनन्, यसअघि पनि यस्तै खालका प्रदर्शन मात्र हैन, ह्वाइट हाउसको पर्खाल नै नाघेर पनि भित्र पसिसकेका घटना सार्वजनिक भैसकेका छन् । 

प्रकाशित मिति: : 2020-02-11 20:42:01

प्रतिकृया दिनुहोस्