सन्दीपले भने–‘फरगेट’ रसिद खान, एसोसिएटमा म नै नम्बर वान हुँ (भिडियोसहित)

दीप सुवेदी

काठमाडाैं

 नेपाली युवा स्पीनर सन्दीप लामिछानेले एसोसिएटमा आफू नम्वर वान बलर भएको दाबी गरेका छन्।।

आइसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकाविरुद्द ६ विकेट लिएपछि उनले सो दाबी गरेका हुन्। सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए।

 

यससँगै उनी ६ विकेट लिने एसोसिएट राष्ट्रका दोस्रो खेलाडी बनेका छन्। पहिलो नम्बरमा अफगानिस्तारनका रसिद खान छन्। नेपालका लागि यसअघि एकै खेलमा धेरै विकेट लिने खेलाडी सोमपाल कामी थिए। कामीले युएईविरुद्द एकै इनिङमा ५ विकेट लिएका थिए।

यसबारे पत्रकारहरुले सोधिएको प्रश्नमा उनले भने, ‘फरगेट रसिद खान, उनी अब टेष्ट प्लेअर हुन्।’ एसोसिएटमा म नै नम्बर वान हुँ।’

रसिदले सन् २०१७ जुनमा वेष्ट इन्डिजविरुद्ध ओडीआईमा ८.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ७ विकेट लिएका थिए।

 

प्रकाशित मिति: : 2020-02-13 02:10:10

प्रतिकृया दिनुहोस्