इजरायल-हमास युद्ध

‘सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बङ्करका विद्यार्थीलाई बाहिर निकाल्न ढिलाइ भयाे’

इजरायलकाे युद्धमा फसेका नेपाली विद्यार्थीहरुलाई बङ्करबाहिर निकाल्दा सुरक्षा खतरा हुने भन्दै इजरायली पक्षले बाहिर निकाल्न नदिएकाेले उद्दारमा ढिलाइ भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने, ‘हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बङ्करको विद्यार्थीलाई निकाल्न केही ढिलाइ भएको हो।’

उनीहरुलाई उद्दार गरी आजै सुरक्षित स्थानमा सार्ने काम भइरहेकाे उनकाे भनाइ छ। त्यसकाे लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्री एनपी साउदलाई निर्देशन दिएकाे बताएका छन्।

मल्लकाअनुसार सरकारले उद्दारकाे लागि मन्त्री साउदकाे नेतृत्वमा ‘र्‍यापिड एक्सन टाेली’ गठन गरिएकाे छ।

निधन भएकाहरुकाे शव पहिचान गरी नेपाल ल्याउने तयारीसमेत भइरहेकाे उनले जानकारी दिए। गत शनिबारदेखि गाजा क्षेत्रमा प्यालेस्टिनी सशस्त्र समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीकाे मृत्यु भएकाे थियाे।

त्यस्तै साे युद्धमा अन्य नेपाली विद्यार्थीहरु फसिरहेकाे सरकारले जनाएकाे छ।

युद्धग्रस्त इजरायलमा करिब ४ हजार ५ सय बढी नेपालीहरु रहेका छन्।

प्रकाशित मिति: : 2023-10-09 15:07:00

प्रतिकृया दिनुहोस्