नयाँ आईजीपीसामु ४ चुनौती, कहाँबाट शुरू गर्दैछन् प्रहरीको शाख जोगाउने काम ?

गगन अर्याल

काठमाडौै

 गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी महानिरीक्षक (आईजीपी) को दज्र्यानी चिह्न लगाउने कार्यक्रममा महानिरीक्षक ठाकुर ज्ञवालीलाई ५ वर्षमा हुन नसकेका काम इच्छाशक्ति भएको खण्डमा ५ महिनामा गर्न सकिने बताए ।

‘राज्यले विश्वास गरेर जिम्मेवारी दिएको छ । त्यसलाई इमान्दारितापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ । चुनौतीहरू थुप्रै छन् । कतिपय काम पूरा गर्न बाँकी छन् । ती सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ, गृहमन्त्रीको रुपमा तपाईंलाई पूर्ण सहयोग हुनेछ । सहकर्मीहरूलाई साथमा लिएर एकतावद्ध भएर काम गर्नुहुनेछ,’ गृहमन्त्री थापाले भने, ‘तपाईंको कार्यकालको समय थोरै छ तर इच्छाशक्ति देखाउनुभयो भने ५ वर्षमा हुन नसकेका काम ५ महिनामा गर्न सकिन्छ ।’

छोटो समयका लागि प्रहरी महानिरीक्षकको रुपमा पदोन्नति भएसँगै अघिल्ला आईजीपीले गर्न नसकेका काम गर्नुपर्ने चुनौती ज्ञवालीसामु छ । प्रहरी संगठनका कतिपय महत्त्वपूर्ण विभाग र निकाय कुशल नेतृत्वको पर्खाइमा छन् ।

१ नम्बर प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व खाली छ भने अन्य प्रदेशका प्रमुख पनि पदोन्नति हुने भएकाले सबै प्रदेश प्रमुख खाली हुनेछन् । प्रहरी प्रधान कार्यालयका डीआईजी र एआईजी पनि खाली छन् ।

प्रकाशित मिति: : 2020-02-14 07:41:09

प्रतिकृया दिनुहोस्