तस्बिरमा हेर्नुहोस् प्रजातन्त्र दिवस

एक सय चार वर्षको राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को सम्झनामा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्‍च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो।

कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ र प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्‍त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधि सभाका सभामुख अग्‍निप्रसाद सापकोटा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय, कर्मचारी, कूटनीति नियोगका प्रतिनिधि लगायतको उपस्थिति थियो । कार्यक्रममा विभिन्‍न कलाकौशलसहित हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ ।

हेर्नुहोस् तस्बिरमा

प्रकाशित मिति: : 2020-02-20 02:37:02

प्रतिकृया दिनुहोस्