नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ।
शनिबार दिउँसो १ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्न लागेको हो।
बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, संसदमा एमाले सांसदको भूमिका र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले सांसदहरूलाई आवश्यक निर्देशन दिने एमालेले जनाएको छ।