एमसीसीका बारेमा सरकार प्रष्ट छः परराष्ट्रमन्त्री ज्ञावली

बिएल संवाददाता

काठमाडाै‌ं

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा सरकार प्रस्ट रहेको बताएका छन्। 

बंगलादेशको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञावलीले गएको साउनमै संसदमा सरकारले एमसीसी पारित गर्ने प्रस्ताव पेश गरिसकेकाले सरकारको दृष्टिकोण प्रष्ट रहेको जानकारी दिएका हुन्। 

‘पार्टीको बैठकमा समूहगत छलफलमा कतिपय साथीहरुले हामीले बुझनौं,अन्यौल भयो भनेपछि यसबारे अध्ययन गर्ने भनेर कार्यदल बनेको हो। बाँकी कुरा पस्टैछ, मन्त्री ज्ञावलीले भने।  उनले दोस्रोपटक म्याद थप भएको कार्यदलले प्रतिवेदन छिट्टै बुझाउने बताए। 

नेकपा केन्द्रीय कमिटीबाट एमसीसी अध्ययन गर्न गठित झलनाथ खनाल नेतृत्वको कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र मन्त्री ज्ञवाली सदस्य छन्। कार्यदलले परराष्ट्र मन्त्रालयसँग पनि कागजात मागेको छ ।
 

प्रकाशित मिति: : 2020-02-20 06:52:25

प्रतिकृया दिनुहोस्