कांग्रेसले सूचनामन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने भएको छ।

मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो गएराति सार्वजनिक भएको थियो। र, कांग्रेसले उनलाई बर्खास्त गर्न माग गरेको छ।

मन्त्री बास्कोटाको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ।

संसद बैठक केहीबेरमा बस्दैछ। 

प्रकाशित मिति: : 2020-02-21 02:22:59

प्रतिकृया दिनुहोस्