आठ हजार मिटरकाे हिमाल आरोहण गरेकालाई मात्र सगरमाथा चढ्ने अनुमति दिन माग

नेपालन्युज

काठमाडौँ

सगरमाथा आरोहणका लागि ८ हजार मिटरभन्दा माथिकाे कुनै एक हिमाल आराेहण गरेकालाई मात्र अनुमति दिनुपर्ने आरोहीले माग गरेका छन्। अग्ला हिमाल आरोहणका क्रममा हुने दुर्घटना न्यूनीकरण गर्न र अन्य हिमालको प्रवर्द्धन गर्न यस्तो मापदण्ड बनाउन आरोहीले सरकारसँग आग्रह गरेका हुन्।

अग्ला हिमाल आरोहण गरी विभिन्न कीर्तिमान कायम गर्ने होडबाजी बढेसँगै साना हिमालको प्रवर्द्धन हुन नसकेकाले यस्तो कानुनी व्यवस्था गर्नुपर्ने नेपाल पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष लाक्पा शेर्पाले बताए। सगरमाथा आरोहण गर्नका लागि ८ हजार मिटरमाथिका अन्य कुनै एक हिमाल आरोहण गरेको हुनुपर्ने व्यवस्था भए ८ हजार मिटर माथिका अन्य १५ वटै हिमालको प्रवर्द्धन हुने शेर्पाको भनाइ छ।

प्रकाशित मिति: : 2020-02-21 04:28:36

प्रतिकृया दिनुहोस्