शिवरात्रि पर्वका अनुत्तरित प्रश्न

कमल रिजाल

काठमाडौँ

आज महाशिवरात्रि पर्व । भगवान् शिव अर्थात् देवाधिदेव महादेव प्राकाट्य भएका दिन । वैदिक ग्रन्थहरूका अनुसार शिवका दुई रूप छन्, निराकार र साकार । निराकार रूपमा सत्यं शिवं सुन्दरम् हुन्, जसको जगमा चराचर जगत अडेको छ । जो सत्य हो त्यही शिव हो अनि जो शिव हो त्यही नै सुन्दर हो । जीव सुन्दर छ, जगत सुन्दर छ, प्रकृति सुन्दर छ, पुरुष सुन्दर छ, अनि प्रकृति र पुरुषलाई खेलाउने र नचाउने शिव झन् सुन्दर छन् । पृथ्वी अडेको छ यसैमा, सूर्य चम्केका छन् यसैका आधारमा । ग्रह, नक्षत्र घुमेका छन्, यसकै आधारमा । हावा चलेको छ यसकै आधारमा, पानी बगेको छ यसकै आधारमा । सत्य विना न संसार बन्छ, न बढ्छ, न चल्छ ।

सत्य युगतिर मानिस आफैँ आकाशमा उड्थे रे वैदिक ग्रन्थहरूले भनेका किनकि उनीहरू सत्यको पुजारी थिए, सत्यको पक्षपाति थिए । जति बेलादेखि मानिस सत्यबाट बिमुख हुँदै गए त्यति बेलादेखि त्यही कामका लागि भौतिक पदार्थको सहयोग लिनुपर्ने भयो । सत्यको पुजारी हुँदासम्म मानिस आफै उड्थे । जबदेखि मानिसको मन मस्तिष्कबाट सत्य डमगाउन थाल्यो त्यसपछि भौतिक पदार्थको बैशाखीको जरुरत पर्न थाल्यो, जो सत्यंको मार्गबाट आफू खुशी विचलित भएका छैनन् । सत्य विना संसारमा उड्न होइन एक पाइलो अगाडि सार्न पनि सकिन्न । विश्वास गर्नु नगर्नु अर्कै कुरा हो ।

प्रकाशित मिति: : 2020-02-22 01:27:24

प्रतिकृया दिनुहोस्